मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दै, यी हुन् माओवादीबाट सम्भावित मन्त्रीहरु

मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दै, यी हुन् माओवादीबाट सम्भावित मन्त्रीहरु

केन्द्रबिन्दु
0
Shares

आजै मात्र परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्ति दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

सरकारको नेतृत्व सम्हालेको करिब अढाई महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको विषयमा आलोचना खेप्दै आएका प्रम देउवाले बुधवार साँझ ५ बजे सत्तारुढ गठबन्धन बैठक बोलाएका हुन् ।

मंगलबार बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मात्र भए पनि सरकारमा मन्त्रीहरू सहभागी गराउन देउवालाई दबाब दिएका थिए । 
माओवादीबाट मन्त्री बन्नेहरुमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र शिवकुमार मण्डलको सम्भावना बलियो रहेको माओवादी निकट स्रोतको दाबी रहेको छ ।

यस अघि अध्यक्ष प्रचण्डले जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  ५ गते मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

Logo