माधव नेपालले पार्टीको नाम समाजवाद होइन, कांग्रेसवाद, शेरबहादुरवाद राख्नुहोस्: ओली

माधव नेपालले पार्टीको नाम समाजवाद होइन, कांग्रेसवाद, शेरबहादुरवाद राख्नुहोस्: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृतको पछि समाजवादीको सट्टा देउवावादी राख्न आग्रह गरेका छन्।

नेकपा एमाले बाँकेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट पार्टी फुटाएर हिँड्ने अनि एकीकृत समाजवादी राख्ने भन्दै अब समाजवादीको ठाँउमा कांग्रेसबादी, देउवावादी राख्न समाजवादीकाअध्यक्ष माधव नेपाललाई आग्रह गरेका हुन्।

‘फुटेर चोइटिएको पार्टी नेकपा एकीकृत, चार जना चोइटिएर जाने अनि पार्टीको नाम चाहिँ एकीकृत समाजवादी?’ ओलीले प्रश्न गरे।

अध्यक्षओलीले माधव नेपाल एमालेमा रहन सकेनन्, कांग्रेसको पछि कुदे त त्यसमा के ठूलो कुरा भयो र भन्दै व्यग्ंयपनि गरेका छन्।

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माक्र्सवाद, लेनिनवाद, माओवाद र माधवकुमार नेपाल नेपालले माक्र्सवाद, लेलिनवाद, समाजवादको सट्टा कांग्रेसवाद, शेरबहादुरवाद र पिछलग्गुवाद राख्न सुझावसमेत दिएका छन्।
 

Logo