संसदबाट पारित विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

संसदबाट पारित विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले दुबै संसदमा पारित विनियोजन विधेयक, २०७८ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका छन्। राष्ट्रिय सभाबाट पारित भएर आएको सन्देश प्रतिनिधिसभामा बिहीबार सुनाउँदै सभामुखले प्रमाणीकरणका लागि पठाएका हुन् । 

‘संघीय संसद्, प्रतिनिधिसभाको २०७८ असोज ४ गतेको बैठकबाट पारित भई सोही दिन राष्ट्रिय सभामा पठाइएको ’विनियोजन विधेयक, २०७८’ आज बसेको राष्ट्रिय सभाको बैठकबाट पारित भएको सभामुखको सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको छ।

विनियोजन विधेयक पारित नहुँदा सरकारको खर्च रोकिएको थियो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।

Logo