सिंहदरबारमा जारी कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिए देउवा

सिंहदरबारमा जारी कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिए देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल गर्न सिंहदरबारमा बसेको बैठकबाट पार्टी सभापति शेरबहादुर देउवा बाहिरिएका छन्। उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी भएर केहीबेरमै निस्किएका हुन् । 

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव, सह महामन्त्री प्रकाश शरण महतका लगायतका अन्य पदाधिकारीहरू कार्यपालिका विषयमा छलफलमा जुटेका छन् । 

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बैठकमा आगामी असोज ९ को गाउँ–नगर अधिवेशनका साथै त्यसपश्चात् हुने अन्य तहका अधिवेशनको विषयमा छलफल भइरहेको छ । बैठकमा ७५३ वटै स्थानीय तहमा एकै दिन अधिवेशन गर्ने प्रस्ताव समेत आएको छ ।

Logo