आलमको धरौटीमा छुट्ने सपनामा सर्वोच्चले लगायो अंकुश

आलमको धरौटीमा छुट्ने सपनामा सर्वोच्चले लगायो अंकुश

केन्द्रबिन्दु
0
Shares

पूर्व मन्त्रीसमेत रहेका मोहम्मद आफताव आलमको धरौटीमा छुट्ने सपनामा सर्वोच्च अदालतले अंकुश लगाएको छ । 

आलमले दायर गरेको रिटको सुनुवाइका लागि आजको पेसी तोकिएको थियो । तर सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई  ‘हेर्न नमिल्ने’ मा राखेको छ ।

यस अघि रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचित आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अदालतले फैसला गरेको थियो । आलमले धरौटीमा रिहा हुन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्वोच्चले सोही रिटलाई ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।

इँट्टा भट्टामा विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई पक्राउ गरिएको हो । आलम करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपित हुन् ।
 

Logo