संवैधानिक इजलासः न्यायाधीशद्वय ढुंगाना र शर्माको इजलासमा

संवैधानिक इजलासः न्यायाधीशद्वय ढुंगाना र शर्माको इजलासमा

केन्द्रबिन्दु
0
Shares

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने मुद्दा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी चढेको छ ।

यसअघि अधिवक्ता डा गणेश रेग्मीले सर्वोच्च अदालत, न्याय परिषद् सचिवालय र कानुन व्यवसायी परिषद् समेतलाई विपक्षी बनाएर दर्ता गराएको रिटमाथि गत भदौ १७ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलले रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धी विवादको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ अघि नबढाउन अन्तरिम आदेश दिएका थिए ।
 

Logo