देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको छ। 

देउवा र प्रचण्डबीच बालुवाटारमा जारी भेटवार्तामा सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाउने विषयमा छलफल भइरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। 

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि सुरु भएको मन्त्रिपरिषद् विस्तारकाे दौडधुपका क्रममा माओवादी केन्द्रले समेत आजै स्थायी समिति बैठक बसेर मन्त्रीहरूको टुंगो लगाउने तयारी रहेको छ। 

गत असार २९ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका देउवाले त्यसै दिन कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की (कानुन), बालकृष्ण खाँड (गृह) र माओवादीबाट पम्फा भुसाल (ऊर्जा), जनार्दन शर्मा (अर्थ) लाई मन्त्री बनाएका थिए । 

गत साउन १० उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका देउवाले ६ सदस्यीय मन्त्रिपरिषदमा असोज ७ गते डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन्। बाँकी रहेका १६ मन्त्रालयको जिम्मेवारी देउवा आफैंले सम्हाल्दै आएका छन्।

Logo