स्वास्थ्यमा सुधार नभएपछि वर्षमान पुन बैंकक प्रस्थान

स्वास्थ्यमा सुधार नभएपछि वर्षमान पुन बैंकक प्रस्थान

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । केही समयदेखि कमलपित्तबाट अस्वस्थ भएका उनको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक गएका हुन् । 

कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्व मन्त्री पुनको थप उपचार थाइल्यान्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताइएको छ । उनका साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि बैंकक गएकी छिन् ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो । 

Logo