पार्टीको नेतृत्व परिवर्तन गर्न नसके जनताले आगामी निर्वाचनमा कांग्रेसलाई विश्वासको मत नदिनेः नेता सिंह

पार्टीको नेतृत्व परिवर्तन गर्न नसके जनताले आगामी निर्वाचनमा कांग्रेसलाई विश्वासको मत नदिनेः नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

नेता सिंहले पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्कसमेत गरे।

उनले भने, जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढन आफूले सुझाव दिएको पनि बताए।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने बताए।

काँग्रेस नेता सिंहले जिल्ला जिल्लाका कार्यकर्ताहरुले पार्टीको नेतृत्व लिन आफूलाई दवाव दिइरहेको समेत दावी गरे।

गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरुले आफूलाई गाली गर्ने गरेको उनको भनाई छ।

नेता सिंहले पार्टीको आसन्न महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न पनि महाधिवेशन प्रतिनिधिहरुलाई ध्यान दिन आग्रह गरे।

Logo