प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको हाे। यस अघि एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन्। कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने एमालेले बताउँदै आएको छ।

संसद्लाई विना अवरोध चलाउने वा संसदको जारी अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन्। यसअघि, सभामुखले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो।

एमालेले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ।

आजको संसद् बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

Logo