संवाद र वार्ताबाट एमाले भागेको मन्त्री कार्कीको आरोप

संवाद र वार्ताबाट एमाले भागेको मन्त्री कार्कीको आरोप

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार डाकिएको सर्वदलीय बैठक सकिएको छ। 

बैठकले संघीय संसद्लाई निर्बाध र मर्यादित हिसावले अघि बढाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेको छ।

तथापि नेकपा एमाले भने बैठकमा अनुपस्थित रहेको छ।

बालुवाटारमा बिहान १० बजेदेखि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएन। 

बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हाल संसद्मा देखिएको गतिरोध अन्त्य जरुरी रहेको निष्कर्ष बैठकले निकालेको बताए। 

कार्कीले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिष्कार गरेको स्मरण गराए। 

उनले सर्वदलीय बैठकमा बोलाउँदा बोलाउँदै पनि एमालेले सहभागी नजनाएर वार्ता र संवादबाट भाग्न खोजेको आरोपसमेत लगाए।

उनले भने,‘बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनु भएन। एमालेको अनुपस्थितिले उहाँहरु संवाद र वार्ताबाट भाग्नु भएको ठहर हामीले गरेका छौँ।’

यो बैठकमा अनुपस्थित भए पनि आगामी बैठकमा एमाले सहभागी हुने विश्वास कार्कीले व्यक्त गरे। 
 

Logo