किन बन्यो एमालेको यस्तो महाधिवेशन मञ्च? विनोद श्रेष्ठ भन्छन्: मञ्च अर्थपूर्ण बनाइएको छ (भिडियाे)

किन बन्यो एमालेको यस्तो महाधिवेशन मञ्च? विनोद श्रेष्ठ भन्छन्: मञ्च अर्थपूर्ण बनाइएको छ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औ महाधिवेशनको लागि तयार पारिएको मञ्च निमार्ण सुरुकै दिनदेखि चर्चामा रह्यो । ५० लाख रुपैयाँको लागतमा बनेको उक्त मञ्चलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक आलोचना भएको समेत छ । सर्वहारा जनताको प्रतिनिधित्व गर्ने पार्टीले मञ्चमा मात्रै ५० लाख खर्च गरिएको भनेर टिप्पणी भएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको नारासहित संघीयराज्यमा पहिलो पटक दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा गरिएकाले दर्शकलाई चितवन सौराहा आएको महसुस होस भनेर बाघ,मृग र गैँडालगायतका जनावरहरुसहीतको भव्य मञ्च बनाइएको महाधिवेशन व्यवस्थापनका प्रतिनिधि विनोद श्रेष्ठले बताए ।

महाधिवेशनलाई भव्य बनाउन सबैभन्दा पहिलो आवश्यकता मञ्च भएको उनी बताउँछन् । उनका अनुसार महाधिवेशनमा आउने नेता तथा कार्यकर्ता वा जनता जनार्दन महाधिवेशनबाट पार्टीले निर्धारण गर्ने नीति तथा कार्यक्रम सुन्न र आफ्नो नेता हेर्न आउने हुन् । त्यस कारण पनि मञ्चको छुट्टै महत्त्व रहेको छ । 

पहिलेका अधिवेशनमा भएका कमीकमजोरीबाट सिकेर पनि यस पटक मञ्चलाई उत्कृष्ट बनाइएको उनको भनाई छ । त्यसो त यस अघिका अधिवेशनमा मञ्चको व्यवस्थापन राम्रो नहुँदा व्यवस्थापन पक्षको आलोचना समेत भएको थियो । त्यो चुनौतीलाई यस पटक समूह नै बनाएर व्यवस्थित गरिएको श्रेष्ठ बत्ताउँछन् । कार्यक्रम चितवनमा भएका कारणले मञ्चलाई यस क्षेत्रको महत्त्व दर्साउने गरी निर्माण गरिएको छ । नवौँ महाधिवेशनमा देश एकल राज्य थियो, अहिले राज्य संघीयतामा छ । सोही अनुसार मञ्चमा सात वटा झन्डा राखेको देखिएको छ । जसले सात प्रदेशकोसंघीय राज्य हो भनेर बुझाइएको श्रेष्ठ बताउँछन्  । 

जनसमुदायको उत्साहपूर्ण सहभागिताले एमाले महाधिवेशन भव्य देखिएको छ । १२ः३० मा पार्टी केपी शर्मा ओली आउने कार्यक्रम रहेको थियो । १२ः ४५ मा कार्यक्रम गर्ने योजना थियो । अध्यक्ष आउन भन्दा अगाडी दर्शकहरूलाई शान्त रहनको निम्ति मनोरञ्जनात्म, सांस्कृतिक कार्यक्रम गरिएको थियो । पूर्वबाट मात्रै साना र ठुला गरेर ३० हजार गाडीहरू महाधिवेशनमा पुगेको छन् । व्यवस्थापन प्रतिनिधि श्रेष्ठ आफूहरू त्यसको व्यवस्थापनका लागि लागि परेको बताउँछन् ।

नेकपा एमालेले उद्घाटन समारोह सकेर बन्द सत्रको तयारी थालेको छ । शुक्रवारबाट सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

 

Logo