रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ: शेखर कोइराला (भिडियाेसहित)

रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ: शेखर कोइराला (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन्। 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद आफूहरुलाई रहेको बताए। उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताए। 

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘ उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ। हामीले भेटेका पनि छौँ। सबै टीमलाई उहाँहरुको आशीर्वाद छ।’

उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे। 

 

Logo