आज २९ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै

आज २९ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेताद्वय मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय निधन भएको आज २९ वर्ष पूरा भएको छ। 

जननेता भण्डारीलाई नेपाल कम्युनिष्ट आन्दोलनका नवीन विचारक र सिद्धान्तकारको रुपमा चित्रण गरिन्छ । जननेता भण्डारीको आजभन्दा २९ वर्षअघि अर्थात् बिसं २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो । 

निधन भएको तीन दिनपछि दुर्घटनास्थलभन्दा केही तल उनको शव भेटिएको थियो भने जीवराज आश्रितको शव गाडीमै फेला परेको थियो । घटनाको छानबिनका लागि धेरै आयोगहरु बनेपनि कसैले वास्तविकता ल्याउन सकेनन्। 

लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै भण्डारीले नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेका थिए।

Logo