बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैसस महासंघ मोरङका अध्यक्ष पक्राउ

बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैसस महासंघ मोरङका अध्यक्ष पक्राउ

केन्द्रबिन्दु
0
Shares

बालकमाथि अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।

१३ वर्षीय बालकलाई पटक-पटक अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी  कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

विराटनगर १२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको श्रेष्ठले बताए । बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोप हो । ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् । उनलाई बिहीबार म्याद थप गरि अनुसन्धान गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

Logo