#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20400636741987637239613286253
नेपाल2394883720116664

लोकसेवाको विज्ञापन समावेशी नै छः मन्त्री पण्डित

File Photo

काठमाडौं,

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालिन अवस्थामा समावेशी भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन् ।

उनले लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालिन कानुन अनुकुल रहेकाले रद्द गर्नु नपर्ने स्पष्ट पारे। उनले भने ‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तत्कालिन स्थितिमा समावेशी छ । लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तत्कालिन कानुनी व्यवस्था अनुकुल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन ।’

उनले नीतिगत कामका लागि टे«ड युनियन आवश्यक भएपनि कुन रुपमा रहने भन्ने छलफलको क्रममा नै रहेको स्पष्ट पारे । साथै उनले समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल वृद्धि गरि खस्कन नदिने प्रतिवद्धता पनि जाहेर गरे । उनले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराइएको र प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे ।
नागरिकबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार