जसले श्रीमतीबाट अलग बस्न आफ्नै शरीर चिरे

सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्थ हो।  डोटीका एक युवाले आफ्नो श्रीमतीबाट अलग बस्न आफ्नै शरीर चिरेका छन्।  जोरायल गाउँपालिका–३ घर भइ कैलालीको गोदावरी नगरपालिका बस्ने २५ वर्षी हेम प्रकाश मल्ल आफ्नै शरीरमा घाउ पारेर प्रहरीकोमा पुगेका हुन्।

उनले आफूमाथि गोदावरी नगरपालिका–४ स्थित गोदावरी जंगलमा अपरिचित व्यक्तिले आक्रमण गरेको र उनीहरुले आफ्नो श्रीमतीबाट अलग हुन् चेतावनी दिएको बयान दिएका थिए। उनको उजुरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोली तव अचम्ममा परे उनले आफ्नै शरीर आफैले चिरेको पत्ता लगाए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले मल्लले श्रीमतीबाट अलग हुन आफैले ब्लेडले शरीरमा चिरेको जानकारी दिए।

मल्ललाई अबदेखि त्यस्तो गल्ती नगर्ने सर्तमा परिवारलाई जिम्मा लगाइएको छ ।