५ बजेसम्म मतदानस्थलमा प्रवेश गरिसकेका मतदाताले भोट हाल्न पाउने

५ बजेसम्म मतदानस्थलमा प्रवेश गरिसकेका मतदाताले भोट हाल्न पाउने

केन्द्रबिन्दु
0
Shares

प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधि सकिएको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउनेछन् ।

यस्तै केही विवाद भएर स्थगित भए पनि पुनः मतदान सुचारु भएका स्थानमा समेत साँझ ७ बजेसम्म मतदान गर्न पाउनेछन् । रोकिएका कतिपय स्थानमा समेत पुनः मतदान गराउने प्रयास भइरहेकाले मतदान समय लम्बिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले आमनिर्वाचन २०७९ समग्रमा शान्तिपूर्ण भएको जनाएको छ । छुटफुट स्थानमा सामान्य विवाद भएपनि यसले समग्र निर्वाचनलाई खासै असर नपर्नेसमेत आयोगले जनाएको छ । 

Logo