जोन्टेस ब्राण्डको नयाँ एड्भेन्चर मोटरसाइकल भित्रियाे नेपाली बजारमा

जोन्टेस ब्राण्डको नयाँ एड्भेन्चर मोटरसाइकल भित्रियाे नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

चीनको प्रख्यात टु ह्विलर कम्पनी टोयो मोटरसाइकल टेक्नोलोजी कम्पनीले उत्पादन गरेको जोन्टेस ब्राण्डको एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । 

सो ब्राण्डको नेपालका लागि आधिकारीक वितरक आइरन मंक प्रालिले सो एड्भेन्चर टुरिङ मोटरसाइकल भित्र्याएको हो । हाल बजारमा उपलब्ध रहेको यूरो ५ मापदण्डको यो जेडटी १५५–यू१ मोडलको मोटरसाइकल युवाको पहिलो आकर्षण बन्दै आएको छ । यसमा  १५५ सिसी फ्यूल इन्जेक्स, लिक्विडक कुल्ड, फोर भल्भ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १९.३ पिएस र टर्क १६ एनएम रहेको छ ।

कम्पनीका अनुसार यस एड्भेन्चर टुरिङ मोटरसाइकलमा ग्राउन्ड क्लिरियन्स २१५ एमएम रहेको छ भने दुवै चक्कामा ३०० एमएमको डिस्क व्रेक र डुअल च्यानल एविएस उपलब्ध रहन्छ । यसमा डुअल यूएसवी चार्जिङ पोर्ट, एलसिडी इन्स्ट्रयूमेन्ट क्लस्टर र पूर्णत एलइडी लाइटसमेत उपलब्ध गराइएको छ।

डायमन्ड कट एलोई ह्विल र स्पोक ह्विल भर्सनमा उपलब्ध यस मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ३९ हजार ९०० रुपैयाँ र ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

Logo