न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री

न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न बनाउन जरुरीः गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँणले न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न गराउन जरुरी रहेको बताएका छन् । 

शुक्रवार महान्यायाधिवक्ताको कार्यालयको ७२औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् । उनले अपराध कार्यहरुमा नयाँ प्रविधिको प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गरेर अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग हुन जरुरी रहेको बताए । 

गृहमन्त्री खाणले नयाँ किसिमको अनुसन्धान र अभियोजनका लागि संस्थाहरुलाई श्रोत, साधनयुक्त गराउन जरुरी रहेको पनि बताए ।

उनले भने- ‘न्याय क्षेत्रलाई आधुनिकीकरण र सुविधा सम्पन्न पनि गराउन जरुरी छ । किनभने जसरी अहिले अपराध कार्यहरुमा नयाँ प्रविधिको प्रयोग भइरहेको छ, त्यसको अनुसन्धान र अभियोजनमा पनि नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने जरुरी छ । त्यसका लागि श्रोत, साधनयुक्त गराउन जरुरी छ । महान्यायाधिवक्ता कार्यालयलाई आगामी दिनमा अझ बढी प्रभावकारी रुपमा संवैधानिक र कानूनि जिम्मेवारी बहन गर्नसक्ने व्यवसायिक र विशिष्टिकृत हुनसपर्छ ।’ 
 
गृहमन्त्री खाणले आगामी दिनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको बीचमा सुमधुर सम्बन्ध रहनुपर्ने बताए । उनले बार र बेन्च तथा स्वतन्त्र कानूनी व्यवसायी र सरकारी वकीलहरुको बीचमा पनि सद्भावपूर्ण वातावरण बनाउन आवश्यक रहेको बताए । 

Logo