पेरुमा सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु

पेरुमा सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पेरुमा एक महिना पुरानो राजनीतिक संकटको पछिल्लो हिंसामा १२ जनाको मृत्यु भएको छ ।

विमानस्थलमा आक्रमण गर्न खोज्ने प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको हो ।  रक्तपातको यो नयाँ अध्याय दक्षिणपूर्वी शहर जुलियाकामा भएको थियो । प्रदर्शनकारीहरूले डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ र गिरफ्तार गरेपछि राष्ट्रपति बनेकी  डिना बोलुआर्टेको राजीनामा माग गरेका छन् । वामपन्थी क्यास्टिलोलाई हटाएपछि आक्रोशित प्रदर्शनकारीहरू बोलुआर्टेले तत्काल राजीनामा दिनुपर्ने र नयाँ निर्वाचनको माग गरेका छन् । 

Logo