पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

केन्द्रबिन्दु
0
Shares

पोखरामा आइतबार भएको यति एअरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत् पठाउने तयारी गरिएको छ। जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६८ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ। चार जना अझै बेपत्ता छन्। 

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि गरिएको छ। 

Logo