बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै दबाब आउन थाल्योः अध्यक्ष केसी

बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै दबाब आउन थाल्योः अध्यक्ष केसी

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैंकहरुलाई दबाब आउन थालेको बताएका छन् । 

शनिवार कृषि विकास बैंकको ५६औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंकहरुबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै  दबाब समूह बनाएर दबाब दिने प्रवृत्ति बढेको बताएकी हुन् । उनले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रलाई यस्तो दबाब आउँदा भोलिको दिन बैंकिङ क्षेत्रमा अफ्ठ्यारो पर्ने बताए । 

उनले वार्षिक रुपमा ३१ अर्ब भन्दा बढी रुपैयाँ योगदान पनि दिएको दबाबको बैंकर्स संघले घोर बिरोध गर्ने बताए । कसैले निक्षेप राखेको उसले राखेको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिनु राम्रो प्रवृति नभएको उनले बताए । 

Logo