१५ प्रतिशतसम्म विद्युत् महशुल वृद्धिको प्रस्ताव

काठमाडौं,

नेपाल विद्युत् प्राधिकरणले विद्युतको महशुल १५ प्रतिशतसम्म वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

नियमन आयोगले ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका ०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए ।

“प्राधिकरणले प्रस्ताव गरेको छ, आयोगले ल्याएको निर्देशिका अनुसारका सबै विवरण नपठाएकोले विवरणसहित पूर्ण रूपमा प्रस्ताव ल्याउनका लागि पत्र पठाउँदैछौं,” उनले भने, “आयोगले सबै विवरणको विश्लेषण गरेर उपभोक्तालाई समेत मर्का नपर्ने र विद्युत् प्राधिकरणले समेत घाटामा गएर मर्का नपर्ने गरी महशुलको वृद्धि हुन्छ ।”

प्राधिकरणले समग्रमा १० देखि १५ प्रतिशत महशुल वृद्धिको प्रस्ताव गर्दै प्राधिकरणको लगानीमा समेत प्रतिफलको सुनिश्चितता गर्न प्रस्ताव पठाएको छ । प्रस्ताव अनुसार डेडिकेटेड र ट्रंक लाइनमा दोब्बर अर्थात ६५ प्रतिशतसम्मको महशुल हटाइ २१ देखि २७ प्रतिशतसम्म घटाउन भनिएको छ ।
कारोबारबाट