नेपाल बैंकको सञ्चालकमा थापा र श्रेष्ठ

काठमाडौं,
नेपाल बैंकको सञ्चालक समितिको निर्णय अनुसार दीपेन्द्र विक्रम थापालाई नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको छ , यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय अनुसार सावित्री रञ्जित श्रेष्ठलाई नेपाल बैंकको सञ्चालकमा नियुक्त गरिएको छ ।

ब्रयाडफोर्ड युनिभर्सिटि बेलायतबाट वातावरण व्यवस्थापनमा उच्च स्नातकोत्तर र वातावरण विज्ञान तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका थापा नेपाल सरकारको सेवा निवृत्त सचिव हुन् भने सोसियो इकोनोमिक एनालाईसिमा पीएचडी उपाधि हासिल गरेकी श्रेष्ठको प्राध्यापन पेसामा लामो अनुभव छ ।