दार्चुलामा सीमा सुरक्षा विस्तार गर्ने सरकारको तयारी

सरकारले दार्चुलामा सीमा सुरक्षा विस्तारको तयारी गरेको छ ।

सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले सरकारले सीमा सुरक्षा विस्तार गर्ने तयारी गरेको जानकारी दिएका हुन् । गृहमन्त्री थापाका अनुसार सचिवस्तरमा रहेको समिति र ईपीजीबाट पनि समाधानको प्रयास भइरहेको छ ।

भूमि व्यवस्थामन्त्री अर्यालले सचिवस्तरमा छलफल गरेर टुंगो लगाउन भारतले प्रस्ताव गरेको जानकारी दिइन् ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी क्षेत्र समेटिएकोबारे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छैनन् ।

समितिले उक्त विषयबारे छलफल गर्न सोमबार प्रधानमन्त्री ओलीलाई बोलाएको थियो ।

दार्चुलामा सीमा सुरक्षा विस्तार गर्ने सरकारको तयारी