आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

file photo

नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफामा तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने प्रावधान छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो।त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ।

२०६४ चैत्र २७ गते बुधबार रौतहटको राजपुरफरहदवा ४ स्थित आलमको काकाको घरमा बम विष्फोटन भएको थियो । बिस्फोटमा घाइते भएकालाई आलमले जिउँदै इटा भट्टामा हाली जलाएको भन्दै जाहेरी परेको छ ।

आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश