भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन

भीम रावलसँग वार्ता गर्न एमालेद्वारा समिति गठन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको हो । 

समितिका नेताले रावलसँग संवाद गरेपछि उनलाई आवश्यक जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

Logo