#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19567580724498628044712562635
नेपाल2221470633015814

देउवाकाे दौडदेखि चिनियाँ प्याजकाे चर्चासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये एक्कासी आकासिएको प्याजको भाउ अहिले घट्न थालेको छ । भारतले निर्यात बन्द गरेपछि बढेको प्याजको भाउ चीनबाट आयात भएसँगै घट्न थालेको हो । अहिले नेपाली बजारमा थरिथरिका चिनियाँ प्याजहरु बिक्रिवितरण भइरहेको समाचारले प्राथमिकता पाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलह चुलिएको छ । गत बिहिबार बस्न लागेको केन्द्रिय समितिको बैठक वरिष्ट नेता रामचन्द्र पौडेल पक्षधरले बहिस्कार गरेपछि आन्तरिक कलह चुलिएको हो । असन्तुष्ट पक्षलाई सम्झाउँन शनिबार बिहानै पौडेल निवास बोहोराटार पुगेका सभापति शेरबहादुर देउवा कफी पिएर फर्केका छन्
नेपाल भ्रमण वर्ष २०२० शुरु हुनलागेको छ । २० लाखपर्यटक भित्र्याउने लक्ष्यका साथपर्यटन मन्त्रालयले विभिन्नतयारीहरु गरिरहेको छ । त्यस्तै जनताको सुरक्षागर्ने प्रहरी कार्यालय नै भाडाको घरमा संचालित छन् भन्दाअनौठो लाग्न सक्छ । हुनपनि स्वाभाविक हो । तर दाङका अधिकांश प्रहरी कार्यालयहरु भाडाको घरमा संचालित छन् ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार