औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भिर छ -मन्त्री रिजाल

औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भिर छ -मन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका निमित्त सरकार गम्भिर रहेको भन्दै आवश्यक उचित सहयोग गर्न तयार रहेको  बताएका छन् । 

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १८औं वार्षिक साधारणसभा तथा १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वाधार विकासमा लगाउनु पर्ने रकम बैंकमा मुद्धति खातामा राखेर ब्याज खाइरहेको भन्दै भएकाे आलोचनामा उनले सो रकम परिचालन गर्न विशेष ध्यान दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिए । 

उनले लिमिटेडमा नयाँ महाप्रबन्धक छिट्टै नियुक्त गर्ने तयारी गरिरहेको जानकारी दिँदै दुईवटा नयाँ औद्योगिक क्षेत्र थप गर्ने जिम्मेवारीसमेत दिइने बताए । 

चितवनको शक्तिखोरमा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई आफूले उच्च प्राथमिकता दिएको समेत मन्त्री रिजालले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड एक स्वयत्त निकाय भएको र त्यसको सञ्चालक समितिमा उद्योगी व्यवसायी पनि रहने भएकाले त्यही संरचनाबाटै निकास खोज्न पनि आग्रह उनको थियो । 

मन्त्री रिजालले सोही अवसरमा बालाजु औद्योगिक क्षेत्र परिसरभित्र रहेको महासंघको सचिवालय परिसरको पनि उद्घाटन गरेका थिए । साधारण सभाले रामहिरा पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिमा एजाज आलम, बाबुराम पन्त, विरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोसी, सुदिप घिमिरे, कान्छा थापा र सुरेश कुमार शुक्ला सदस्य छन् । यस्तै, महासंघको पदाधिकारी छनौट भने आगामी बैठकबाट गरिने महासंघका अध्यक्ष रामहिरा पाठकले जानकारी दिए ।

Logo