इराकमा भत्काइयाे ३०० वर्ष पुरानो मस्जिदको मीनार

इराकमा भत्काइयाे ३०० वर्ष पुरानो मस्जिदको मीनार

केन्द्रबिन्दु
0
Shares

इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ। सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन्। सरकारको सो निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै स्थानियले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन्।

यो घटना इराकको दक्षिणी सहर बसराको हो। सन १७२७ मा बनेको ११ मिटर (३६ फिट) अग्लो मीनारलाई शुक्रबार बिहान बुलडोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो।

सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ। तर,सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दा गर्दै पनि यो मिनार भत्काईएको जनाइएकाे छ। 

बसराका निवासी माजिद अल हुसेनीले मस्जिदको भग्नावशेषमा उभिएर भने,‘सबैले आफ्नो सम्पदा र इतिहासको रक्षा गर्छन् र यहाँ भने हाम्रो इतिहास र सम्पदालाई नष्ट गर्छन्।’इस्लामिक राज्यले गरेका वर्षौंको उपेक्षा र द्वन्द्वले इराकको धेरैजसो समृद्ध सांस्कृतिक सम्पदा नष्ट भएका छन्। सम्पदा संरक्षणकर्ताहरू डराउँदै गएका छन् कि बगदादमा जारी निर्माण कार्यको हतार र देशभर सडक,पुल र अन्य पूर्वाधारहरू विस्तार गर्ने योजनाले यस्ता सम्पदाहरुलाई तिब्र रुपमा नष्ट गर्न सक्छ।

तर,संस्कृति मन्त्री अहमद अल बद्रानीले रोयटर्सलाई भने कि सिराजी मस्जिदको मीनारलाई नष्ट गर्न अनुमति नदिएको र स्थानीय पुरातात्विक अधिकारीहरूले यसलाई स्थानान्तरण गर्न राज्यपालसँग सहमति जनाएका थिए। 

तर, सो मिनार भत्किसकेको भन्दै संस्कृति मन्त्रालयले अब त्यसको अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

Logo