कांग्रेस क्रियाशील सदस्यता वितरण अब अधिवेशनको ६ महिना अगाडि नै बन्द हुन्छः सहमहामन्त्री आङदेम्बे

कांग्रेस क्रियाशील सदस्यता वितरण अब अधिवेशनको ६ महिना अगाडि नै बन्द हुन्छः सहमहामन्त्री आङदेम्बे

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले क्रियाशील सदस्यता वितरणमा राजनीतिक र आर्थिक प्रभावमा नभई योगदानको आधारमा बाँडेको दाबी गरेका छन् । उनले अब उप्रान्त सदस्यता वितरणमा अधिवेशनको छ महिना अगाडि नै अन्त्य गर्ने पनि बताए । 

बिहीबार काठमाडौंमा भएको प्रदेश एकको निर्वाचन क्षेत्र नम्बर (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री आङदेम्बेले विवादित बन्दै आएको क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित पार्न सबैमा सहमति भएको बताएका हुन् । उनले भने, ‘हिजोको क्रियाशील सदस्यता अधिवेशन आउनुभन्दा ६ महिना अगाडि आ–आफ्नो प्रभावमा परेका नेतासँग भेटेर पहुँचमा पुगको नेतालाई प्रभावमा पारेर क्रियाशीलता खल्तिमा बोकेर आफ्नो मान्छेलाई बाँडेर अधिवेशनमा कांग्रेससँग सम्बन्धै नभएको मान्छे पनि आएको हामीले देखेका छौं । त्यो प्रवृतिबाट अब क्रियाशील सदस्यता फारमलाई मुक्त राख्ने केन्द्रीय कार्यसमितिको ऐक्यबद्धता छ । हिजो अधिवेशनको मुखैमा सक्रिय सदस्यताको फारम वितरण गर्ने चलन थियो अब आउने दिनमा हामी करिब करिब प्रतिवद्ध छौं, अधिवेशनको ६ महिना अगाडि वितरण गरिने क्रियाशीललाई अब अधिवेशन आउने ६ महिना अगाडि नै बन्द ठाउँतिर हामी पुग्दैछौं ।’

त्यस्तै उनले कांग्रेसमा देखिएको विचारको अस्तव्यस्थता र बढेको भावनात्मक दूरी घटाउन आवश्यक रहेको भन्दै पुरानो प्रवृतिसँग रमाएर बस्न नहुने बताएका छन् । कांग्रेसको नेतृत्वमाथि देखिएको असन्तुष्टिलाई लक्षित गर्दै सहमहामन्त्री आङदेम्बेले भने, ‘तपाईंहरु जति चिन्तित हुनुहुन्छ यो कुराबाट केन्द्रीय कार्यसमिति र हाम्रा नेताहरु पनि साह्रै चिन्तित रहेको निवेदन गर्छु । अब नेपाली काग्रेस सँग फेरि त्यहि पुरानो प्रवृतिभित्र रमाएर बस्ने छुट छैन ।’

उनले निर्वाचनबाट तीनै तहमा ठूलो दल भएर आउँदा पनि त्यसको गौरव बाँड्न नसकेको अवस्था आएको भन्दै पार्टीभित्र देखिएको विचारको अस्तव्यस्थताले अहिले पनि कांग्रेस व्यवस्थित हुन नसकेको धारणा राखे ।  ‘हामीले ठूलो दलको गौरव बाँड्न सकिरहेका छौनौ। किन भने जसरी यो विचमा सार्वजनिक भयो, यसले अहिले पनि हामीलाई व्यवस्थित गर्न सकिरहेको छैन् । हाम्रा विचारहरुले अझै पनि हामीलाई अस्तव्यस्थ बनाइरहेको होकि लागिराखेको छ । मानसिक रुपमा प्रदेश र स्थानीय तहमा ठूलो दल त छौ तरपनि हामी सबैले भावनात्मक एकताको कांग्रेस एक छौं  भन्ने सन्देश दिन जरुरी छ,’ सहमहामन्त्री आङदेम्बेले भने । 

Logo