जेसिट्को नयाँ स्कुटर नेपाली बजारमा

जेसिट्को नयाँ स्कुटर नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

जेसिट्को नेपालका लागि आधिकारीक वितरक दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले नयाँ इलेक्ट्रीक स्कुटर बजारमा भित्र्याएको छ ।

यसअघि जेटिस्को ‘जी १’ मोडल मात्रै बिक्री गर्दै आएको कम्पनीले ‘राया जी’ मोडल थप गरेको हो । यस स्कुटरमा १.५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको छ, उक्त मोटरले ४ हर्सपावर र २६ एनएम टर्क जेनेरेट गर्छ ।

७२ भोल्ट २० एम्पिएरको लिथियम आयोन ब्याट्री उपलब्ध रहेको यस इलेक्ट्रीक स्कुटरलाई सिंगल चार्जमा ५० किलोमिटरसम्म गुडाउन सकिन्छ । साथै, यसमा डबल ब्याट्रीको प्रयोग गर्न सकिन्छ । यदि दुवै ब्याट्री फुल चार्ज छ भने यसको रेन्ज १०० किलोमिटरसम्म हुनेछ । यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन रहेको छ भने डबल डिस्क ब्रेक, एलईडी लाइट, राइड मोड, फुल डिजिटल डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ । 

नक्सालस्थित सोरुमबाट ब्रिकीवितरण हुँदै आएको यस इलेक्ट्रीक स्कुटरमा सिंगल ब्याट्रीको मूल्य ३ लाख २० हजार र डबल ब्याट्रीसहितको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Logo