#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31036957962339743177022642848
नेपाल627974011712945267

अब कांग्रेसले संसद अवरुद्ध नगर्ने

काठमाडौँ ।

संसद अवरुद्ध हुँदा राष्ट्रिय मुद्दा ओझेल परेको गुनासो आएको भन्दै अन्य प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध नगर्न कांग्रेसलाई सुझाएका छन् ।

उनीहरुकै सल्लाह बमोजिम कांग्रेस संसद अवरुद्ध नगर्न सहमत भएको छ । यससँगै राजपा, समाजवादी पार्टी र कांग्रेस मिलेर राष्ट्रिय मुद्दामा सहकार्य गर्ने गरि तीन दलबीच मौखिक सहमति बनेको छ। प्रतिपक्षी ३ दलको सोमबार बसेको बैठकले साझा मुद्दामा एकै स्वर बनाएर संसदमा प्रस्तुत हुने सहमति गरेका हुन् ।

प्रतिपक्ष दलहरु एकै ठाउँमा रहेर सरकारलाई दबाब सिर्जना गर्न कांग्रेससहित राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले सोमबार बैठक गरेका थिए । राष्ट्रिय मुद्दाहरुलाई साझा मुद्दा बनाउनका सरकार बाहिर रहेका दलहरु एकै स्थानमा आएका हुन् ।

तीन दलको बैठकले मोर्चाबन्दी नगरे पनि साझा मुद्दामा एकै स्थानमा उभिने निर्णय गरेका हुन् । संसदमा प्रतिपक्षीय भूमिका बढाउन बैठक गरिएको कांग्रेसले जनाएको छ।

राष्ट्रिय जनता पार्टीको संसदीय कार्यालयमा बसेको बैठकमा राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र समाजवादीका उमाशंकर अरगरिया लगायतका नेताहरु उपस्थित थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार