नक्कली नेपाली नोटसहित एकजना पक्राउ

नक्कली नेपाली नोटसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नक्कली नेपाली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई प्रहरीले पक्राउ गरेको हाे । 

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

Logo