आगलागीका कारण घरविहीन भएकालाई नेपाल लाइफ इन्स्योरेन्सको राहत

आगलागीका कारण घरविहीन भएकालाई नेपाल लाइफ इन्स्योरेन्सको राहत

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको छ।

कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित् आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको हो।

मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल, वडाध्यक्ष कलिम राईन, कम्पनीका कर्मचारी तथा स्थानीय नागरिक अगुवाहरूको उपस्थितिमा पीडितलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको कम्पनीले जनाएको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको बताए।

Skip This
Logo