सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदेछ कारोबार ?

सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदेछ कारोबार ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ६०० र चाँदी ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Logo