त्रिविसेवा आयोगका अध्यक्षलाई गेटमै रोकिए चुप नबस्ने संसदमा एमालेको चेतावनी

त्रिविसेवा आयोगका अध्यक्षलाई गेटमै रोकिए चुप नबस्ने संसदमा एमालेको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद महेश बर्तौताले त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले प्राध्यापकहरूको वृद्धि विकासको लागि अवरोध गरेको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सचेतक बर्तौलाले विश्वविद्यालय सेवा आयोगले असोज १४ गतेदेखि अन्तर्वार्ता आरम्भ गरी आज समाजशास्त्र र हिन्दी विषयको अन्तर्वार्ता लिने तय भएपछि हिजो नेविसंघले विश्वविद्यालयमा ताला लगाएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले भने, ‘पूर्व निर्धारित तालिका बमोजिम त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापकहरूको वृद्धि विकासको लागि अवरोध भइरहेको छ । तीन वर्षदेखि । त्यसको वृद्धिको लागि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले असोज १४ गतेदेखि अन्तरवार्ता आरम्भ गरेको थियो । सह प्राध्यापक र प्राध्यापकको लागि आज समाजशास्त्र र हिन्दी विषयको अन्तरवार्ता थियो । हिजो दिउसो कांग्रेस निकट नेवीसंघले ताला बन्दी गर्यो घोषणा गर्यो अन्तर्वार्ता लिन पाईंदैन भनेर ।’

सचेतक बर्तौलाले अन्तरवार्ता लिन आउने सेवा आयोगका अध्यक्ष र सदस्यलाई गेटबाट नै रोकिन्छ भने आफूहरू चुप नबस्ने चेतावनी दिए । 

Logo