#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व103019954198756164219837
नेपाल7061

‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री ओली अस्पतालमा

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य जाँचका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टन्ट निकाल्न लागिएको जानकारी दिए ।

१९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा राजनीतिक भेटवार्ता सुरु गरेका थिए । ओलीले शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत नेतासँग भेटवार्ता गरेका थिए ।

यो पनि 

सम्बन्धित समाचारहरु

ताजा समाचार