#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32110901982196743669023692015
नेपाल678044361741449954

कोरोनाको त्रासबीच वर्षा र रिमाको मस्ती

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण सम्पूर्ण चलचित्रका छायांकन र प्रदर्शन रोकिएका छन् । जसकारण फिल्म क्षेत्रसँग जोडिएका सम्पूर्ण कलाकार र प्राविधिकहरु फुर्सदिला बनेका छन् ।

सबैले फुर्सदिलो समयको आआफ्नै तरिकाले सदुपयोग गरिरहँदा नायिका वर्षा सिवाकोटी भने सामाजिक संजालमा सक्रिय बनेकी छिन् ।

कोरोनाका कारण आफ्ना दुइ चलचित्र ‘परदेशी २’को छायांकन र ‘लक्का जवान’को प्रदर्शन प्रभावित भएपछि उनी आफ्ना बोल्ड तस्बिरहरु पोस्ट गर्नमा व्यस्त छिन् ।

उनले हालै पोष्ट गरेको तस्बिरमा उनी निकै हट देखिएकि छिन् । साथै उनले आफुलाई भिटामिन ‘यू’को आवश्यकता भएको समेत उल्लेख गरेकी छिन् । उनले भिटामिन ‘यू’ भनेर दर्शकलाई जनाउन खोजेकी हुन् या अरु कोही स्पेशल व्यक्तिलाई त्यो त वर्षा नै जान्दछिन् ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले माहोल गर्मिलो बनाउने गरेको छ । केही महिना अगाडि पनि उनले विकिनी तस्वीर पोष्ट गरेर चर्चा बटुलेकी थिइन् ।

 

त्यस्तै आफ्नो फुर्सदिलो समयको सदुपयोग गर्न कलाकार तथा होस्ट रिमा विश्वकर्मा माल्दिभ्स पुगेकी छिन् ।

 

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फिनाले सकिएपश्चात उनि छुट्टी मनाउन माल्दिभ्स पुगेकी हुन् । त्यहाँबाट उनले आफ्नो सामाजिक संजालमा स्विमसुटसँगका हट तस्बिरहरु पोस्ट्याएकि छिन् ।

कोरोनाको संक्रमणबाट बच्न अन्य कलाकारहरु सेल्फ क्वारेन्टाईनमा बसिरहँदा उनि भने खुल्लम खुल्ला मस्ती गरिरहेकी छिन् । जसकारण कतिपयले उनलाई गालि गरेका छन् भने कतिपयले त्यहाँबाट नेपाल फर्किएपश्चात २ हप्ता क्वारेन्टाईन बसेर मात्र सार्वजनिक हुन् आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार