#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73823335004546934156295
नेपाल5041

कोभिड–१९ रोकथाम गर्न आवश्यक सामग्री अस्पतालमा पठाइयो

काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २ सय १ आवश्यक सामग्री पठाइएको जानकारी दिए । तीमध्ये मास्क दुई लाख २२ हजार ७ सय ६० र अन्य विभिन्न सामग्री चार हजार ४ सय ४१ रहेका छन् । उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) ६ सय २५ मध्ये २ सय ६७ पठाइएको र ३ सय ५८ मौज्दात राखिएको छ ।

अहिले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सकले पिपीइ लगाउनुपर्ने हुन्छ । यसैगरी ४ सय ८३ गाउन, मुखमा प्रयोग गर्ने मास्क ५ सय २२, स्यानिटाइजर २ सय ९, पञ्जा एक हजार २ सय ३६, एन–९५ मास्क ६ सय १, चश्मा ४ सय ७१, आइआर थर्मोमिटर ५८, पिपीइ ग्राउण्ड २ सय ८५, सुकभर ४ सय ७६ र फेस सिल्ड १ सय वटा विभिन्न अस्पतालमा पठाइएको छ ।

यसैगरी उनका अनुसार खरिद गरिएकामध्ये दुई लाख ७९ हजार ३ सय ८७ सामग्री तत्काल नपठाइ मौज्दातसमेत गरिएको छ । तीमध्ये मास्क दुई लाख ७२ हजार ४ सय २० र अन्य सामग्री छ हजार ९ सय ६७ रहेका छन् । जसअनुसार पिपीइ ३ सय ५८, गाउन एक हजार ४ सय ५६, फेस मास्क एक हजार ५ सय ७८, स्यानिटाइजर ७७, पञ्जा एक हजार ५ सय ९३, एन–९५ मास्क २४, चश्मा ४ सय ८०, आइआर थर्मोमिटर चार, सुकभर एक हजार १ सय ६२ र फेस सिल्ड २ सय ३५ मौज्दात राखिएको छ । मौज्दात राखिएका सामग्री आवश्कताअनुसार पठाइने उनको भनाइ छ ।––रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार