नेपाल सम्वत् व्यवहारमा लागू गर्न सरकारको दस्तावेजमा लेख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल सम्वत् व्यवहारमा लागू गर्न सरकारको दस्तावेजमा लेख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई सरकारको दस्तावेजमा लेख्ने घोषणा गरेका छन्।

आज काठमाडौँमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्तावेजमा लेख्न आवश्यक भएको बताए। नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत, राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको स्मरण गरे। ‘पद्मरत्नजीले नै मलाई भन्नुभयो, नेपाल संवत् नै राष्ट्रिय संवत् हो’, उनले भने, ‘त्यसपछि मैले पहिलो पटक नै प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका मान्यता दिएँ।’

उनले पद्मरत्न तुलाधार जस्तो व्यक्ति समाजले विरलै मात्र पाउने भन्दै तुलाधर आफ्नो राजनीतिक जीवनमा र व्यक्तिगत रुपमा पनि अभिभावक भएको बताए । उनले पद्मरत्नको विचार संस्कार र योगदानको आवश्यकता समाजमा बढेको बताए ।  ‘नेपाली समाजको रुपान्तरण, एकता, सबैको हक अधिकार र पहिचानको निम्ति जसरी उहाँले लड्नुभयो, आज उहाँको विचार संस्कारको आवश्यकता अझ बढ्न गएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरीले प्रश्न उठाइरहेको बताए।  उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गर्ने दाबी गरे। 

Logo