झुलाघाट नाका गएराती देखि खुल्यो

झुलाघाट नाका गएराती देखि खुल्यो

केन्द्रबिन्दु
0
Shares

बैतडी,

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गएराती देखि खुलेको छ । भारतमा हिजो हुने विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको थियो ।

विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । सुरक्षा संवेदनशीलताका कारण जनाउँदै भारतले मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सिमानाका बन्द राख्न अनुरोध गरेको थियो ।

यस अघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

Logo