इजरायलमा सगरमाथाबारे गलत सूचना सच्याइयो

इजरायलमा सगरमाथाबारे गलत सूचना सच्याइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

‘सगरमाथा चीनमा रहेको’ भनी इजरालयको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजरायलस्थित नेपाली राजदूतावासले सच्याउन लगाएको छ ।

विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय २० मिटर तल रहेको डेड–सी (मृतसागर) भए पनि त्यहाँको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूतावासले सच्याउन लगाएको हो ।

मृतसागर जोर्डन र इजरायलका बीच प्यालेस्टाइन टेरिटरीमा अवस्थित छ । विश्वसामु नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरालयमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गरेका छन् । यसरी त्यो समुद्र हेर्न पुग्ने ती ४० लाख पर्यटकले यस भन्दा अघि विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको गलत सूचना प्राप्त गर्ने गरेका थिए ।

‘विश्वभर सगरमाथाबारे गलत सूचना गएको देखिएपछि त्यसलाई सच्याएर सगरमाथा नेपालमा रहेको सूचना राख्न लगाइएको इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले बताइन् । गत फागुन ३ गते इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. शाक्यले इजरायलको जेरोसेलममा इजरायली राष्ट्रपति रिउनभेन रिभलिन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी थिइन् । ओहोदाको प्रमाणपत्र पेश गरेसँगै नेपालका सातवटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात् इजरायली उच्च–प्रविधिको तालिम केन्द्र खोल्न इजरायली राष्ट्रपतिसमक्ष प्रस्ताव राखेकी छिन् ।
नागरिकबाट

Logo