रोजगार संयोजकमा साँढे ९ हजार भन्दा बढीको आवेदन

रोजगार संयोजकमा साँढे ९ हजार भन्दा बढीको आवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहमा रिक्त रहेको रोजगार संयोजकका लागि साँढ ९ हजार भन्दा बढी आवेदन परेको छ ।

दुई सय ३२ रोजगार संयोजकका लागि फागुन ३० देखि आवेदन खुलेकोमा शनिबारसम्म नौ हजार आठ सय ७४ जनाको आवेदन परेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रकाशित गरेको दरखास्तमा योग्य उम्मेदवार छनोट नभएको भन्दै फेरि आवेदन खुलाइएको हो ।

सरकारले छनोट गरेका पाँच सय २१ जना उम्मेदवारले कार्यक्षेत्रमा खटिएर बेरोजगार युवाको फारम संकलन सुरु गरेको श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।

मन्त्रालयका अनुसार रोजगार संयोजकका लागि प्रदेश १ मा एक हजार तीन सय ८७, अधिकृत, आठ सय ७२ नासु, प्रदेश २ मा एक हजार चार सय २२, प्रदेश ३ मा एक हजार छ सय २० अधिकृत, पाँच सय नासुका लागि उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशमा चार सय ७८ अधिकृत, एक सय ५४ नासु, कर्णाली प्रदेशमा एक हजार एक सय ३५ नासु र सात सय ६२ अधिकृत, सुदूरपश्चिमाञ्चल प्रदेशमा एक हजार तीन सय दुई अधिकृत र दुई सय ४२ नासुको उम्मेदवारी परेको छ ।
अन्नपूर्णबाट

Logo