नयाँ शक्तिबाट निर्वाचित एकमात्र सांसद कांग्रेसमा प्रवेश गर्दै

नयाँ शक्तिबाट निर्वाचित एकमात्र सांसद कांग्रेसमा प्रवेश गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नयाँ शक्ति पार्टीबाट प्रदेश ३ का एकमात्र प्रत्यक्ष निर्वाचित सांसद प्रेम तामाङ नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश ३ मा प्रत्यक्षबाट निर्वाचित एकमात्र सांसद तामाङ नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई पार्टी प्रवेश गराउनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा फागुन १३ गते रसुवा जान लागेका कांग्रेस नेता गगन थापाले जानकारी दिए । गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो।

प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तामाङ र कांग्रेसका प्रभात लामा विजयी भएका थिए ।

यद्यपी सांसद तामाङको पार्टी प्रवेशबारे धारणा भने बाहिरिसकेको छैन् । उनी के कारणले पार्टी प्रवेश गर्न लागेका हुन भन्ने कुनै कुरा बाहिर आउन सकेको छैन् ।

तामाङ ७ हजार ४० मत प्राप्त गरी विजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद गोतामेले ५ हजार ६ सय ९२ मत प्राप्त गरेका थिए । तामाङ रसुवाका लोकप्रिय नेता मानिन्छ ।

स्थानीय चुनावमा नयाँ शक्तिको तर्फबाट उनकै नेतृत्वमा रसुवामा एक गाउँपालिकामा नयाँ शक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए ।

Logo