डीपीएल: काठमाडौंको लगातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार

डीपीएल: काठमाडौंको लगातार दोस्रो जित, महेन्द्रनगरको दोस्रो हार

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग (डीपीएल)मा अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई सात रनले हराएको हो । जारी प्रतियोगितामा महेन्द्रनगरको यो लगातार दोस्रो हार हो ।

फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ३४ रन बनायो । दुबै ओपन गौरव तमोर एक र अनिलकुमार शाह ६ रनमा आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लपनि १४ रनमा पेभेलियन फर्किएपछि काठमाडौंले ३७ रनमा तेस्रो विकेट गुमायो ।

महबुब आलम १३ रनमा पेभेलियन फर्किए भने सोनु तामाङ मात्र एक रनमा बाहिरीए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकिए साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । अंकितले अविजित ६५ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजीत २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए ।

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय २७ रनमा रोकियो ।

Logo