युनिभर्सल पावरको ठूलो मात्राको आईपिओ आउँदै

युनिभर्सल पावरको ठूलो मात्राको आईपिओ आउँदै

केन्द्रबिन्दु
0
Shares

युनिभर्सल पावर कम्पनीले  ठूलो मात्राको आईपिओ बिक्रि गर्ने भएको छ।  कम्पनीले माघ २५ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले स्थानीयको लागि २१ लाख ३ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । सो मध्ये बिक्रि नभएको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन हुन् लागेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्मको म्याद तोकिएको छ ।  आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।   कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल रहेको देखाउछ ।  कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ ।

Logo