सर्वोत्कृष्ट लोक गायकको अवार्ड नवीन पौडेललाई

सर्वोत्कृष्ट लोक गायकको अवार्ड नवीन पौडेललाई

केन्द्रबिन्दु
0
Shares

नवौ बिन्दबासिनी म्युजिक अवार्ड २०७५ अन्तर्गत सर्वोत्कृष्ट लोक गायकको अवार्ड नवीन पौडेलले जितेका छन्। पौडेलको “फुलेको तोरीलाइ बैँस आ’की  छोरीलाइ जोगाउनै गाह्रो” बोलको गीतबाट गायक पौडेललाई अवार्ड प्रदान गरिएको हो ।

लोकप्रिय गायक पौडेल करिब दुई दशकदेखि लोकगीतमा सक्रिय छन् । यथार्थपरक चेतनामूलक एवम समयसापेक्ष गीत सिर्जनामा अनबरत लागेका पौडेलको लागि यो दोश्रो अवार्ड हो। यस अघि उनले सगरमाथा म्युजिक अवार्डमा “बाग्लुङ दरमखोला” बोलको मौलिक बन्चेबाजाको गीतबाट सर्बोत्कृस्ट मौलिक गीत गायकको बिधामा अवार्ड प्राप्त गरेका थिए।

उनका ‘ए हजुर सुन्नु भा’छ र’, ‘यस्तै हुन्छ भन्नेभा’, ‘रातो डोरि कपाल लर्केको’, ‘के सम्झना छ र’, ‘जान्न म त त्यो घर’, ‘बुलाकी झुम्काना’, ‘हरेक जातजाति छौँ नानाथरी’, ‘सत्य खान्छु कसम’, ‘श्रीनगर बतासे डाडैमा’, ‘आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको’, ‘दुखका दिन गए’, ‘नया पार्टी खोल्छु’ लगायतका दर्जन बढी गीतहरु लोकप्रिय छन।

गायक पौडेल अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य एबम रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्ब केन्द्रिय सदस्य समेत हुन। गायक पौडेलले सुन्दर सुदुरपश्चिमको कला सस्कृती र पर्यटन सम्बन्धी गीत “घर मेरो सुदुर पश्चिम” लिएर छिट्टै आउदै छन ।

Logo