कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशन लक्षित गरेर टिम बनाउने तयारी गरेका छन् । पदाधिकारी थप्न नहुने पक्षमा उभिदै आएका पौडेलले नयाँ समूहका सबै वरिष्ठ नेताहरुलाई भूमिका दिने गरी गुट बनाउन थालेका छन् । "/>

पौडेललाई ‘टिम म्यानेज’ गर्न कठिन

पौडेललाई ‘टिम म्यानेज’ गर्न कठिन

केन्द्रबिन्दु
0
Shares

कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशन लक्षित गरेर टिम बनाउने तयारी गरेका छन् । पदाधिकारी थप्न नहुने पक्षमा उभिदै आएका पौडेलले नयाँ समूहका सबै वरिष्ठ नेताहरुलाई भूमिका दिने गरी गुट बनाउन थालेका छन् ।

कांग्रेसको संशोधिन विधानबारे गुटको धारणा बनाउन बसेको आफूनिकटको बैठकले पदाधिकारी बढाउनुपर्ने निर्णय गरेको छ । पदाधिकारी नपाएकै कारण अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट चुनाव लडेका थिए । केसी र कृष्ण सिटौला बाहिरिएपछि पौडेल हार निश्चित भएको थियो । आगामी महाधिवेशनमा सिटौला समूहलाईसमेत साथमा राखेर कोइराला परिवार बाहिरिन नदिन पौडेलले पदाधिकारी थप्ने प्रस्ताव गरेका हुन् । उनले केन्द्रीय समितिको संख्या बढाउने भए पदाधिकारीको संख्या पनि बढाउनुपर्ने अडान लिएका छन् ।

संशोधित विधानको प्रारम्भिक मस्यौदामा केन्द्रीय सभापति निर्वाचित र बाँकी ९ पदाधिकारी मनोनीत गर्ने पहिलो विकल्प ल्याइएको थियो । दोस्रोमा मिश्रित रूपमा पदाधिकारी निर्वाचित हुने तथा तेस्रोमा सबै पदाधिकारी निर्वाचित हुने विकल्प थियो । केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर एक सय कटाउने भए पदाधिकारी पनि थप्नुपर्ने निष्कर्षमा पुगेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनीहरुले पहिलो विकल्पले सभापतिलाई निरकुंश बनाउने अडान लिएपछि विधान परिमार्जन गर्न लागिएको छ ।

अहिले पदाधिकारी नबढाई केन्द्रीय सदस्यको संख्या मात्रै बढाउने गरी विधान मस्यौदा तयार गर्ने तयारी छ । संशोधित विधानको मस्यौदा छलफलका लागि आएपछि गुटको निर्णय एजेन्डाकै रूपमा प्रस्तुत गरिनेछ । पौडेललाई कोइराला परिवारका सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालासहित कृष्णप्रसाद सिटौला र उनको समूहका गगन थापा, उमाकान्त चौधरी, भीमसेन दास प्रधानदेखि आफ्नै समूहका केसी, रामशरण महतलगायतका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने चुनौति छ ।

Logo